सेयर बजारमा सामान्य अङ्कको सुधार
जलसरोकार
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर ८९ हजार एक सय ६१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ३८, जलविद्युत् एक दशमलव शून्य छ, लगानी एक दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २४ र व्यापार समूहको उपसूचक एक दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् ।
बैंकिङ शून्य दशमलव ३९, विकास बैंक शून्य दशमलव शन्य दुई, वित्त एक दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूहको उपसूचक शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रु ८६ करोड १७ लाख ३८ हजार बराबर खरिदबिक्री भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल र एडीबीबीच १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
-
महाकाली सिँचाइ तेस्रो चरण र चार लेन पुलको मन्त्री घिसिङबाट स्थलगत निरीक्षण
-
सुनचाँदीको मूल्य बढेकोबढ्यै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री घिसिङ
-
देशभर मौसम मुख्यतया सफा, काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री
-
कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ