गल्छी–रातमाटे २२० केभी प्रसारण लाइन निर्माण गरिने
जलसरोकार
काठमाडौँ – धादिङको गल्छीदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्म ८.५ किलोमिटर लामो २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले धादिङको गल्छी गाउँपालिका– ८ मा रहेको मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइनको टावर नं। एपी–१९ र एपी–१९ए को मध्य बिन्दुदेखि नुवाकोटको बेलकोटगढी नगरपालिका–७ धनसरमा निर्माणाधीन रातमाटे सबस्टेसनमा लुप इन, लुप आउट गर्ने गरी उक्त क्वाड सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो । यसका लागि प्राधिकरणले अनुमति माग गरी विद्युत् विकास विभागमा आवेदन समेत पेश गरेको छ ।
यस प्रसारण लाइनबाट ११४७ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ । यस आयोजना अन्तर्गत रातमाटे सबस्टेसनमा २२० केभीको बे एक्सटेन्सन समेत गरिने भएको छ ।
उक्त प्रसारण लाइन अन्तर्गत २९ वटा टावरहरू रहनेछन् । टावरको अधिकतम उचाइ ६९ मिटरसम्म रहने तथा टावरबीचको दूरी ५६३.०७ मिटर देखि १०४.१६ मिटरसम्म हुनेछ । आयोजना निर्माणका लागि कुल २६.२९ हेक्टर जमिन आवश्यक पर्ने र २९ वटा टावरका लागि स्थायी रूपमा २.५२ हेक्टर जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएकाे छ। यस बाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत २३.२७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । यो प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) मध्य विन्दुबाट १५/१५ मिटर दायाँ–बायाँ कायम गरिने भएको छ । प्रसारण लाइन निर्माण कार्य २८ महिनाभित्र सक्ने लक्ष्य राखिएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने