मोरङ
यो जिल्ला पनि पूर्ण विद्युतीकरण भएको जिल्ला हो । मोरङका १७ स्थानीय तहमध्ये ९ नगरपालिका र ८ गाउँपालिका सबैमा शत प्रतिशत विद्युत पुगेको छ ।
विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, लेटाङ, पथरी शनिश्चरे, रंगेली, सुनवर्षी, उर्लाबारी, सुन्दर हरैंचा र रतुवामाई नगरपालिका तथा बूढीगंगा गाउँपाालिका, धनपालथान, ग्रामथान, जहदा, कानेपोखरी, कटहरी, केराबारी र मिक्लााजुङ गाउँपालिका पनि पूर्ण विद्युतीकृत भएका छन् ।
मोरङमा २ लाख २१ हजार ३६ घरधुरी छन् ।
सुनसरी
कुल २ लाख २१ हजार ३६ घरधुरी रहेको सुनसरी जिल्ला पनि पूर्ण विद्युतीकृत भएको छ । सुनसरीका १२ स्थानीय तहमा बिजुली पुगेपछि यो जिल्ला शत प्रतिशत विद्युतीकरण भएको जिल्ला हुन पुगेको छ ।
इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुबही नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिकाका सम्पूर्ण घरधुरीमा बिजुली पुगेको तथ्यांक प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी शत प्रतिशत विद्युतीकरण भएका सुनसरीका गाउँपालिकाहरुमा कोसी, गढी, बर्जु, भोक्राहा, हरिनगरा र देवानगञ्ज छन् ।
धनकुटा
सातवटा मात्र स्थानीय तह रहेको धनकुटामा शत प्रतिशत विद्युतीकरण भएको छ । कुल ३७ हजार ४१ घरधुरी रहेको धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका छन् । नगरपालिकाहरुमा पाख्रीवास, धनकटा र महालक्ष्मी छन् । त्यसैगरी गाउँपालिकाहरुमा साँगुरीगढी, शहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका छन् ।
नेपाल विद्युत् प्राधिकरणले रद्द गर्यो एक अर्बभन्दा बढीको ठेक्का
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा
मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै
सुनको भाउ ८०० रुपैयाँ घट्यो