कोशी प्रदेशका चार जिल्ला पूर्ण विद्युतीकृत
जलसरोकार
काठमाडौं : कोशी प्रदेशका १४ जिल्लामध्ये चार जिल्ला पूर्ण विद्युतीकृत भएका छन ।
कोशीका झापा, मोरङ, सुनसरी र धनकुटामा मात्र शत प्रतिशत विद्युतीकरण भएको र बाँकी जिल्लामा आगामी वर्षभित्र पूरा हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
ताप्लेजुङमा ९७.५३, पाँचथरमा ९९.७५, इलाम ९९.७०, तेह«थुम ९९.८५, संखुवासभा ९३.९९, भोजपुर ९८.५५, सोलुखुम्बु ८९.०४, ओखलढुंगा ९८.१७, खोटाङ ९७.३६ र उदयपुरमा ९९.९१ प्रतिशत विद्युतीकरण भएको छ ।
झापा
झापा जिल्ला पूर्ण विद्युतीकृत भएको जिल्लामा पर्छ । झापाका १५ वटै स्थानीय तहमा शत प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।
झापामा मेचीनगर, दमक, कन्काई, भद्रपुर, अर्जुनधारा, शिवशताक्षी, गौादह र बिर्तामोड नगरपालिकामा शत प्रतिशत बिजुली पुगेको छ । यसैगरी झापाको गौरीगञ्ज, बाह«दशी, झापा, बुद्धशान्ति, हल्दीबारी र कचनकेवल गाउँपालिकामा पनि पूर्ण विद्युतीकृत भएका छन् ।

मोरङ
यो जिल्ला पनि पूर्ण विद्युतीकरण भएको जिल्ला हो । मोरङका १७ स्थानीय तहमध्ये ९ नगरपालिका र ८ गाउँपालिका सबैमा शत प्रतिशत विद्युत पुगेको छ ।
विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, लेटाङ, पथरी शनिश्चरे, रंगेली, सुनवर्षी, उर्लाबारी, सुन्दर हरैंचा र रतुवामाई नगरपालिका तथा बूढीगंगा गाउँपाालिका, धनपालथान, ग्रामथान, जहदा, कानेपोखरी, कटहरी, केराबारी र मिक्लााजुङ गाउँपालिका पनि पूर्ण विद्युतीकृत भएका छन् ।
मोरङमा २ लाख २१ हजार ३६ घरधुरी छन् ।

सुनसरी
कुल २ लाख २१ हजार ३६ घरधुरी रहेको सुनसरी जिल्ला पनि पूर्ण विद्युतीकृत भएको छ । सुनसरीका १२ स्थानीय तहमा बिजुली पुगेपछि यो जिल्ला शत प्रतिशत विद्युतीकरण भएको जिल्ला हुन पुगेको छ ।
इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुबही नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिकाका सम्पूर्ण घरधुरीमा बिजुली पुगेको तथ्यांक प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी शत प्रतिशत विद्युतीकरण भएका सुनसरीका गाउँपालिकाहरुमा कोसी, गढी, बर्जु, भोक्राहा, हरिनगरा र देवानगञ्ज छन् ।

धनकुटा
सातवटा मात्र स्थानीय तह रहेको धनकुटामा शत प्रतिशत विद्युतीकरण भएको छ । कुल ३७ हजार ४१ घरधुरी रहेको धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका छन् । नगरपालिकाहरुमा पाख्रीवास, धनकटा र महालक्ष्मी छन् । त्यसैगरी गाउँपालिकाहरुमा साँगुरीगढी, शहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका छन् ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै