जगदुल्ला जलविद्युत् निर्माणका लागि चार कम्पनीको आवेदन
जलसरोकार
काठमाडौं : डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि निकालिएको ठेक्कामा चार कम्पनीले आवेदन दिएका छन् ।
यसअघि प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि रद्द भएको उक्त जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान गरिएको थियो ।
उक्त आयोजनाका लागि जगदुल्ला हाइड्रोपावर कम्पनीले सिभिल र हाइड्रो मेकानिकाल संरचना निर्माणका लागि निकालेको ठेक्कामा सिनो हाइड्रो, सिल÷एचएचएच जेभी, जेसीइ÷एनके जेभी र टु एमजी÷फेवा जेभीले आवेदन दिएका हुन् । आवेदन दिएका यी चार कम्पनीमध्ये प्राविधिक र वित्तीय मूल्यांकनमा उत्कृष्ट एक कम्पनीले ठेक्का पाउनेछ ।
गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का निकालिएको थियो । आयोजनामा हाइ हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेशनल, पटेल इन्जिनियरिङ,लामा कन्स्ट्रक्सनलगायत ७ वटा कम्पनीले आवेदन दिएका थिए । उक्त ठेक्कामा कुनै पनि कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि पुस २१ गते ठेक्का रद्ध गरिएको हो ।
यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो । सिभिल र हाइड्रोमेकानिकल संरचनाका लागि करिब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो बैशाख २८ गते पीपीए भएको हो । वर्खायाममा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा पीपीए भएको छ । हिउँदको पिकिङको भने १०.५५ रुपैयाँ पाउनेछ । यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ क्षमता छ ।
आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भईरहेको छ । ९ वटा बेलिवृज गर्नुपर्छ । जसको काम सुरु भईसकेको कम्पनीले जनाएको छ । धेरै जसो पूर्व तयारीका कामहरु अन्तिम चरणमा रहेको बताइएको छ ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव