पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधान ८८ वर्ष ८ महिना ८ दिन लागे, यही अवसरको उनको पुस्तक ‘लुकिङ ब्याक’ विमोचन


काठमाडौं : पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधानको पछिल्लो कृति ‘लुकिङ ब्याक’ (फर्केर हेर्दा) को आज शनिबार विमोचन भएको छ ।
पूर्व जलस्रोत मन्त्री तथा संघीय सांसद पशुपति शमशेर जबराले उक्त कृतिको लोकार्पण गरे ।
आजैका दिन ८८ वर्ष ८ महिना ८ दिन पुगेका लेखक प्रधानको देवरथारोहण गरिएको थियो । यो दिनलाई जीवनको ‘अत्यन्त शुभ र धार्मिक’ चरणको प्रवेश मानिन्छ । यस उमेरसम्म बाँच्नु स्वयं दुर्लभ र शुभ ठानिने भएकाले यसलाई उत्सवको रुपमा मनाइन्छ । यस उमेरलाई देवको आयुको नजिकको रुपमा प्रतीकात्मक मानिन्छ । यस शुभअवसर पारेर आज उक्त कृति विमोचन गरिएको हो ।
राणा जलस्रोत मन्त्री भएका बखत प्रधान जलस्रोत सचिव थिए । प्रधानले पुस्तकमा नेपालको जलस्रोतको अवस्था चित्रण गरेका छन् ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै लेखक प्रधानले नेपालमा जलस्रोत विकासको दीर्घकालीन अवधारणा समेट्दै राष्ट्रहित विपरीतका काम कसैले पनि गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको बताए । आफ्नो सरकारी सेवामा आफूले गरेका गौरवपूर्ण कार्य अझै पनि स्मरणयोग्य भएकाले तिनलाई गौरवताका साथ किताबमा समेटिएको बताए ।
कार्यक्रममा लेखक प्रधानका सहपाठी डा. प्रचण्ड प्रधानले २०१० सालमा जुद्धोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै लेखकले नेपालको जलस्रोत नेपालको धन भएको तथ्य स्थापित गराएको उल्लेख गरे ।
सिंचाई विभागका निवर्तमान महानिर्देशक सञ्जीव बरालले जलस्रोत क्षेत्रमा वर्तमान पुस्ताका लागि प्रधानको पुस्तक प्रेरणा र मार्गदर्शन दिन सफल हुने बताए ।
कार्यक्रममा प्रमुख अतिथि राणाले प्रधानलाई इमानदार, ख्ुबी भएका र प्रतिबद्ध राष्ट्रसेवकको रुपमा आफूले पाएको स्मरण गर्दै जलस्र्रोतबाटै नेपालको भविष्य उज्ज्वल रहेको बताए । महाकाली सन्धि हुँदा जलस्र्रोत मन्त्री रहेका राणाले भारतसित पञ्चेश्वर आयोजना छिटो बनाउनुपर्नेमा जोड दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
वरिपरि पानी नपरेर कुलेखानी जलाशय रित्तिन लाग्यो, अब २ मिटर मात्रै बाँकी (फोटो फिचरसहित)
-
गण्डक नहरमा अतिक्रमण हुँदा किसान सिँचाइ संकटमा
-
तराई–मधेस क्षेत्रमा सिँचाइको स्थायी समाधान ल्याउन सरकारले दृढ संकल्प लिएकोछ : प्रधानमन्त्री
-
साहस ऊर्जाको नाफा दोब्बर वृद्धि
-
लगातारको वर्षापछि सप्तकोशीमा पानीको बहाव उच्च, खतराको संकेतस्वरूप रातो बत्ती बालियो
-
मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना