पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधान ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित

.rtf-lg-1756040557.jpg)
काठमाडौं : मुलुकको जलस्रोत क्षेत्रमा पाँच दशक लामो विशिष्ट योगदानको कदर गर्दै प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउण्डेसनले पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधानलाई ‘राष्ट्रिय स्रोत-रक्षक सम्मान, २०८२’ द्वारा आइतबार काठमाडौंमा सम्मानित गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्व सचिव प्रधानलाई दोसल्ला ओढाई, कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।
प्रधानले २०१६ सालमा सिंचाई विभागमा आफ्नो सरकारी सेवा सुरु गरी सिंचाई विभागको महानिर्देशक, जलस्रोत मन्त्रालयको सचिव, जल तथा ऊर्जा आयोग सचिवालयको सचिव र राष्ट्रिय योजनाको आयोगको सदस्य सचिव भई मुलुकको जलस्रोत क्षेत्रमा उल्लेखनीय योगदान गरेको फाउण्डेसनले जनाएको छ ।
प्रधान सिंचाई विभागको महानिर्देशक हुँदा उनको नेतृत्व विभिन्न महत्वपूर्ण सिंचाई आयोजनाहरु निर्माण भएका थिए । हाल सिंचाई विभागले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइरहेको अन्तरजलाधार पथान्तरण भेरी-बबई, सुनकोसी-मरिनजस्ता आयोजनाहरु प्रधान योजना आयोगको सदस्य सचिव हुँदा अध्ययन थालिएका हुन् ।
प्रधानलाई सम्मान गरेको प्रधानन्यायाधीश राउतले सत्पात्रलाई सम्मान गर्दा आफैमा स्तुतीय र प्रशंसनीय हुने उल्लेख गर्दै भने, ‘प्रधानज्यूलाई सम्मान गर्न पाउनु एउटा सुखद संयोग मात्र होइन, मेरो सौभाग्य पनि हो ।’
.rtf-lg-1756040546.jpg)
गत साउन २४ गते ८८ वर्ष ८ महिना पूरा गरेका प्रधानको तेस्रो जंकु गरिएको थियो । नेवार समुदायमा दीर्घायू प्राप्त गरेको व्यक्तिको आयु उत्सवलाई जंकु भनिन्छ । यो विशेष अनुष्ठान नेवाल संस्कृतिमा निकै महत्वपूर्ण मानिन्छ, जुन मानिसको जीवनका निश्चित उमेरमा मनाइन्छ ।
नेवार समुदायमा ७७ वर्ष ७ महिना ७ दिनमा पहिलो जंकु, ८३ वषृ ४ महिना ४ दिन दोस्रो जंकु गर्ने परम्परा छ ।
प्रधानलाई सम्मान गर्न आयोजित कार्यक्रममा पूर्व जलस्रोत मन्त्री एवं प्राज्ञ दीपक ज्ञवालीले प्रधानले मुलुकको जलस्रोत क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानबारे चर्चा गरेका थिए ।
प्रधान जलस्रोत सचिव हुँदा भारतीय नाकाबन्दीका बीच निर्माणाधीन मर्स्याङदी जलविद्युत् आयोजना (६९ मेगावाट) लाई बंगलादेशबाट हवाई जहाजमा तेल ओसारेर निर्धारित समयमा सम्पन्न भएको घटना अहिले पनि मुलुकको जलविद्युत् क्षेत्रमा चर्चित छ ।
पानी तथा राष्ट्रिय स्रोतहरुको रक्षाका लागि रत्नसंसार श्रेष्ठद्वारा आफ्ना मातापिता स्वर्गीय बद्रीलक्ष्मी श्रेष्ठ तथा स्वर्गीय रत्नबहादुर श्रेष्ठको सम्झानामा ‘राष्ट्रिय स्रोत-रकक्षक सम्मान’ स्थापना गरेका हुन् ।
कार्यक्रममा श्रेष्ठले फाउन्डेसनमा अक्षय कोष राखी हरेक वर्ष यो क्षेत्रमा उत्कृष्ट योगदान प्¥याउनेहरुलाई सम्मान गरिने जानकारी दिए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव, प्रशासक, बहालवाला विभिन्न राष्ट्रसेवक, लब्ध-प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई