पूर्वसचिवहरू कार्की, तिवारी र भेटुवाल रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा विज्ञ सल्लाहकारमा मनोनित
जलसरोकार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीृ (रास्वपा) ले नेपाल सरकारका पूर्व सचिवहरू ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा विज्ञ सल्लाहकारका रूपमा मनोनयन गरेको छ ।
तीनैजना पूर्वसचिवहरू दीर्घकालीन प्रशासनिक तथा प्राविधिक अनुभव बोकेका व्यक्तित्व हुन्। उनीहरुलाई स्वतन्त्र हैसियतमा पार्टीको विभागलाई आवश्यक परामर्श तथा नीतिगत मार्गनिर्देशन दिनका लागि मनोनयन गरिएको विभागका प्रमुख ई श्रीराम न्यौपानले जानकारी दिए ।
ई. देवेन्द्र कार्की पूर्व प्रमुख सचिवसमेत रहिसकेका अनुभवी प्रशासक हुन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका देशको पूर्वाधार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
त्यसैगरी ई. सुशील चन्द्र तिवारी पनि जल तथा ऊर्जा आयोग सचिवालय तथा विभिन्न पूर्वाधार मन्त्रालयहरूमा उच्च पदमा रही कार्यानुभव हासिल गरेका छन् । उनी विकास निर्माण, योजना तथा नीति तर्जुमामा विशेष रुचि राख्ने विज्ञका रूपमा चिनिन्छन् ।
अर्का ई. मधु भेटुवाल पूर्व सचिव तथा ऊर्जा तथा जलस्रोत नीतिका विज्ञ हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा नीतिसम्बन्धी कार्यक्रमहरूमा सक्रिय योगदान दिएका छन् । तीनैजना अनुभवी व्यक्तित्वको संलग्नताले विभागलाई नीतिगत स्पष्टता, दीर्घकालीन रणनीति निर्माण तथा सरोकारवाला निकायसँग समन्वयमा सकारात्मक प्रभाव पार्ने विश्वास विभागका प्रमुख न्यौपानले व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्