विद्युत् प्राधिकरणमा कर्मचारी संघको समानान्तर अर्काे संस्था, तदर्थ समिति गठन
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबाट अलग भएका विभिन्न पदाधिकारी तथा सदस्यहरु मिलेर आज ‘नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघ’ को तदर्थ समिति गठन गरेका छन् ।
प्राधिकरणमा कार्यरत कर्मचारीहरुको गत साउन २९ गते सम्पन्न भेलालले इन्द्रप्रसाद न्यौपानको संयोजकत्वमा उक्त संघ दर्ता तथा सञ्चालन गर्ने प्रयोजनका लागि केन्द्रीय समिति गठन गरेको हो ।
उनीहरुले एउटा व्यक्तिको तानाशाही शैलीमा ट्रेड युनियन मूल्य मान्यतालाई बिर्सेर ट्रेड युनियन अधिकारलाई लामो अवधिसम्म व्यक्तिगत हितमा उपयोग गरिरहने, कर्मचारी हकहित बिर्सेर आन्तरिक गुट बनाई केही व्यक्तिगत फाइदा लिने आरोप लगाउँदै राजीनामा दिएका थिए ।
संघभित्र नियोजित समूह बनाई महाधिवेशनमा योग्य र ट्रेड युनियन गतिविधिमा सक्षम साथीहरुलाई पाखा लगाइरहने, व्यवस्थापनसँग अनुचित सहकार्य गरी सामूहिक सौदाबाजीका मुद्दामा समेत आफुनो फाइदाको बार्गेनिङ गर्ने, कर्मचारीका आर्थिक लगायत अलपकालीन तथा दीर्घकालीनमा विषयमा खासै चासो नदिने उनीहरुको आरोप छ ।
यसैगरी उचित सरुवा व्यवस्थापन, ज्यालादारी समस्या लगायतमा मतलब नराख्ने तथा उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै साथीहरुलाई कारबाही गरिहाल्ने प्रवृत्ति र वतृमान कमृचारी संघको नेतृत्वले समेत विकृतिलाई निरन्तरता दिने अवस्था देखिएको भन्दै विगतमा उक्त संघको विभिन्न पदमा रहिसकेका उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए ।
आज गठन गरिएको तदर्थ समितिको संस्थापक सल्लाहकारमा गजेन्द्र सिंह थापा र सहदेव थापा छन् ।
सहसंयोजकमा महेश्वर दत्त पनेरु छन् ।
सदस्यहरुमा संगीता झा, संगीता अधिकारी, नारायण गौतम, निल प्रसाद बसौला, चन्दक्रकला निरौला, सन्तोष गौतम, दुर्गा पोखरेल, पवन विश्वकर्मा छन् ।
यसैगरी अन्य सदस्यहरुमा शेरबहादुर खड्का, सञ्जिव बर्ताैला, सुरेन्द्रकुमार केसी, सन्तोष न्यौपाने, राजेश पन्थी शिवराम धिमाल, देवराज घिमिरे, कर्णबहादुर बोहरा, चेतराज भट्ट छन् ।
३६ सदस्यीय केन्द्रीय तदर्थ समितिमा गौरीनाथ श्रेष्ठ, मनहरि बस्नेत, प्रेमप्रकाश श्रेष्ठ, चतुर्भुज गौतम, रामकृष्ण चापागाईं, लेखनाथ पाण्डे, टेकबहादुर ठकुरी, विष्णु पाठक, वीर बहादुर नेगी, भुवन साहु, तीर्थ शर्मा, भोजराज पाठक, करुणकर जोशी, रोहित बोहोरा र भगवती मुडभरी छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै