इतिहासमै पहिलोपटक सुनको मूल्य तोलामा १ लाख ९९ हजार नाघ्यो
जलसरोकार
काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । यसअघि गत मंगलबार सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर शुक्रबार चाँदीको मूल्य २३२५ रुपैयाँ पुगेको छ । यसअघि साउन ७ गते चाँदीको मूल्य २३५० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
सुनचाँदीको मूल्यमा आएको निरन्तर वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव, विदेशी मुद्रा विनिमय दर र माग आपूर्तिको सन्तुलनसँग जोडिएको बताइएको छ । मूल्यवृद्धिपछि बजारमा सुनचाँदीको कारोबारमा केही सुस्ती आएको व्यवसायीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ