दाना खोला जलविद्युतकाे इलेक्ट्रो–मेकानिकल काम फ्लोभेल इनेर्जीले गर्ने
जलसरोकार
काठमाडौं : लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गरिरहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिने प्याकेज नं. ४ (इलेक्ट्रो-मेकानिकल काम) फ्लोभेल इनेर्जी, भारतलाई जिम्मा लगाएको छ।
२०७८ असोज २२ गते अन्नपूर्ण दैनिकमा गरिएको प्रस्ताव आह्वानअनुसार १० अन्तर्राष्ट्रिय कम्पनीले इच्छापत्र तथा प्राविधिक-आर्थिक प्रस्ताव पेश गरेका थिए। तीमध्ये फ्लोभेल इनेर्जीको प्रस्ताव प्राविधिक तथा आर्थिक दुवै मूल्यांकनमा सबभन्दा प्रतिस्पर्धी ठहरिएपछि सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ। सम्झौता अनुसार कम्पनीले २३ महिनाभित्र सम्पूर्ण इलेक्ट्रो-मेकानिकल कार्य सम्पन्न गर्नेछ।
यसअघि प्रस्ताव पेश गरेका डब्लूकेभी जर्मनी, एन्ड्रिज हाइड्रो-इण्डिया, भोइथ हाइड्रो-जर्मनी, ट्रोयर हाइड्रो-इटली र ग्लोबल हाइड्रो-अष्ट्रियालाई सहभागिताका लागि कम्पनीले आभार प्रकट गरेको जनाएको छ।
सम्झौता समारोह २०८२ कार्तिक २७ गते काठमाडौंस्थित म्यारियट होटलमा सम्पन्न भएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
-
निजी क्षेत्रको भरोसायोग्य ऊर्जा सहयात्री बन्न चाहन्छौँ : विद्युत् विकास विभाग
-
गत आर्थिक वर्षमा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर