नुप्चे–लिखु जलविद्युत्मा बाढीले ठूलो संरचनात्मक क्षति पुर्याएको छैन : भिजन इनर्जी एण्ड पावर
जलसरोकार
काठमाडौं : रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१ स्थित निर्माणाधीन नुप्चे-लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) को मुहान संरचना (हेडवर्क्स) क्षेत्रमा गत शनिबार (असार २१) आएको बाढीले ठूलो संरचनात्मक क्षति नभएको यसको प्रवर्द्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडले जनाएको छ ।
बाढीले आयोजनमा क्षतिग्रस्त भएको भनी हालसालै केही सञ्चार माध्यमहरूबाट प्रकाशित समाचारहरूप्रति आफ्नो विशेष ध्यानाकर्षण भएको जनाउँदै आज उक्त कम्पनीले आफ्ना शेयरधनीहरुलाइ जानकारी गराएको हो ।
कम्पनीको इन्जिनियरिङ टोलीद्वारा गरिएको स्थल निरीक्षणअनुसार ठूलो संरचनात्मक क्षति नभएको तर हेडवर्क्स क्षेत्रमा ठूलो मात्रामा बालुवा, ग्राभेल तथा अन्य लेदो (debris) जमेको कम्पनीले जानकारी दिएको छ ।
त्यसलाई सफाइ तथा आवश्यक मर्मत कार्य गर्नुपर्ने भएकाले आयोजनाको परीक्षण तथा सञ्चालन मिति करिव ३ महिना पछाडि धकेलिने अनुमान रहेको कम्पनीले जनाएको छ ।
'जलविद्युत् आयोजनामा यस्ता क्षतिहरू सामान्यतया हुने गर्दछन् । हाम्रो इन्जिनियरिङ डिजाइनको दक्षता, समयमै क्षति रोक्ने कार्य तथा प्रशासनिक चुस्तताले ठूलो क्षति हुनबाट बचेको छ,' कम्पनीले जारी गरेको सूचनामा छ, 'यस्ता प्राकृतिक र दैवी प्रकोपका घटनाहरू सामना गर्दै हामी आगामी केही महिना भित्र नै आयोजना सम्पन्न गर्नेछौं ।'
कम्पनीले आफ्ना शेयरधनी तथा सरोकारवाला सबैलाई प्रगतिको बारेमा निरन्तर जानकारी गराइरहने पनि जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै