नुप्चे–लिखु जलविद्युत्मा बाढीले ठूलो संरचनात्मक क्षति पुर्याएको छैन : भिजन इनर्जी एण्ड पावर
जलसरोकार
काठमाडौं : रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१ स्थित निर्माणाधीन नुप्चे-लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) को मुहान संरचना (हेडवर्क्स) क्षेत्रमा गत शनिबार (असार २१) आएको बाढीले ठूलो संरचनात्मक क्षति नभएको यसको प्रवर्द्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडले जनाएको छ ।
बाढीले आयोजनमा क्षतिग्रस्त भएको भनी हालसालै केही सञ्चार माध्यमहरूबाट प्रकाशित समाचारहरूप्रति आफ्नो विशेष ध्यानाकर्षण भएको जनाउँदै आज उक्त कम्पनीले आफ्ना शेयरधनीहरुलाइ जानकारी गराएको हो ।
कम्पनीको इन्जिनियरिङ टोलीद्वारा गरिएको स्थल निरीक्षणअनुसार ठूलो संरचनात्मक क्षति नभएको तर हेडवर्क्स क्षेत्रमा ठूलो मात्रामा बालुवा, ग्राभेल तथा अन्य लेदो (debris) जमेको कम्पनीले जानकारी दिएको छ ।
त्यसलाई सफाइ तथा आवश्यक मर्मत कार्य गर्नुपर्ने भएकाले आयोजनाको परीक्षण तथा सञ्चालन मिति करिव ३ महिना पछाडि धकेलिने अनुमान रहेको कम्पनीले जनाएको छ ।
'जलविद्युत् आयोजनामा यस्ता क्षतिहरू सामान्यतया हुने गर्दछन् । हाम्रो इन्जिनियरिङ डिजाइनको दक्षता, समयमै क्षति रोक्ने कार्य तथा प्रशासनिक चुस्तताले ठूलो क्षति हुनबाट बचेको छ,' कम्पनीले जारी गरेको सूचनामा छ, 'यस्ता प्राकृतिक र दैवी प्रकोपका घटनाहरू सामना गर्दै हामी आगामी केही महिना भित्र नै आयोजना सम्पन्न गर्नेछौं ।'
कम्पनीले आफ्ना शेयरधनी तथा सरोकारवाला सबैलाई प्रगतिको बारेमा निरन्तर जानकारी गराइरहने पनि जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
कालीगण्डकी टारलाई बहुउद्देश्य आधुनिक औद्योगिक सहरका रूपमा विकास गर्ने प्रस्तावमा मन्त्री घिसिङको चासो
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति