बाढीले सयौं रोपनीमा लगाइएको धानबालीमा क्षति
जलसरोकार
भोजपुर: सडक विस्तारसँगै नाली व्यवस्थापनको अभाव हुँदा भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावा खोला आसपासका किसानको बर्खे धानबालीमा क्षति पुगेको छ । खेतमा थन्काउने बेला पुगेको बाढीले सयौं रोपनीमा लगाइएको धानबाली डुबाएको छ ।
स्थानीय किसान विश्वराज तामाङका अनुसार, सडक विस्तार गर्दा नाली नबनाउँदा माथिबाट बगेर आएको पानी खेतमा पसेर धानबालीमा क्षति पु¥याएको हो । “हरेक वर्ष यस्तै समस्या दोहोरिन्छ,“ उहाँले भन्नुभयो, “नाली बनाएको भए यस्तो हुँदैनथ्यो।“
यसपटकको बर्खे धान नै मुख्य आम्दानीको स्रोत भएकाले ठूलो क्षति भएको किसानहरूको गुनासो छ। तामाङ भन्छन्, “पहिलो बाली सकिएपछि दोस्रो बाली लगाउने योजना थियो, तर अहिले त्यो सम्भावना पनि ट-यो ।“
बर्खे धानबाली उठाउने समय भएकोले किसानहरू खेतमा ब्यस्त थिए । तर खेत जलमग्न भएपछि धेरैको बाली जोगाउन नसकिएको छ । “राज्यले खेतीयोग्य जमिन जोगाउने र किसानलाई राहत दिन प्रोत्साहन कार्यक्रम ल्याउनुपर्छ,” तामाङको माग छ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये ठूलो हिस्सा बर्खे धानबालीको हो, जसले किसानको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
स्थानीय तह र सरोकारवालाहरूले नाली व्यवस्थापन र जलनिकासी संरचना सुदृढ नगर्दासम्म यस्तो समस्या हरेक वर्ष दोहोरिने किसानको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा