बाढी-पहिरोले १३ वटा जलविद्युत् आयोजनाका १०५.४ मेगावाट उत्पादन बन्द
जलसरोकार
काठमाडौं : गत शुक्रबारदेखि परेको अविरल अति भारी वर्षाका कारण हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) लाई आज आइतबार दिउँसो २ बजेसम्म संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ वटा आयोजनाहरुमा बाढीले क्षति पुगेको छ ।
इप्पानका अनसार बाढी तथा पहिरोले संरचनामा क्षति पु¥याएर बन्द भएका आयोजनाहरुमा सबै इलाममा छन् । उक्त बाढीले इलाममा निजी क्षेत्रका १३ वटा आयोजना बन्द भएका छन् ।
गत शुक्रबारदेखि आइतबारसम्म सबैभन्दा धेरै पानी इलाममा परेको थियो । जल तथा मौसम विज्ञान विभागका तथ्यांक अनुसार यस अवधिमा इलाममा ३३२.६ मिलिमिटर पानी परेको थियो ।
त्यसैगरी निर्माणाधीन आयोजनामा क्षति पुगेकामध्ये पाँचथरमा दुई, इलाममा एक र सिन्धुपाल्चोकमा दुई छन् । प्रवेश मार्ग, मुहान संरचना, विद्युत् गृह, क्याम्पमा क्षति तथा निर्माण सामग्री बगाएका कारण यी ६ आयोजनाको उत्पादन तालिकामा असर पर्ने भएको छ ।
उत्पादन बन्द भएका र निर्माणाधीन आयोजनामा पुगेका क्षतिको विवरण तल दिइएको छ:
गत वर्ष (२०८१) असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति भएको थियो । त्यतिबेला देशभर बाढीपहिरोबाट जलविद्युत्, सिँचाइ, तटबन्धन र प्रसारण लाइनमा १३ अर्ब बढीको क्षति भएको ऊर्जा मन्त्रालयले प्रतिवेदन नै तयार गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्