तुइन खोला क्षेत्रमा ‘फ्लड लाइट’ जडान
जलसरोकार
चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने जोखिमलाई ध्यानमा राख्दै ‘फ्लड लाइट’ जडान गरिएको छ।
सडक डिभिजन भरतपुर का सबइन्जिनियर हरिकुमार श्रेष्ठ का अनुसार शनिबार नेपाल विद्युत् प्राधिकरण सँगको समन्वयमा तुइन खोला क्षेत्रमा दुईवटा फ्लड लाइट जडान गरिएको हो।
रातका समयमा पनि पहिरो झर्न वा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले उक्त स्थान स्पष्ट देखिने गरी लाइट जडान गरिएको उहाँले बताउनुभयो। लाइट जडानपछि सडकमा खसेको ढुङ्गा वा पहिरो सहजै देख्न सकिने भएकाले दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ।
श्रेष्ठका अनुसार यो सडकखण्ड जोखिमयुक्त भएकाले चालकलाई ‘ओभरटेक’ नगरी सावधानीपूर्वक सवारी चलाउन तथा यात्रुहरूलाई पनि संयमित रूपमा यात्रा गर्न आग्रह गरिएको छ।
गत शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको एक रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो। चालकको सतर्कताका कारण ठूलो दुर्घटना भने टरेको थियो।
गत वर्षायाममा पनि तुइन खोला क्षेत्रमा पटक–पटक पहिरो झर्दा उक्त सडकखण्ड अवरुद्ध हुने समस्या देखिएको थियो। फ्लड लाइट जडानसँगै अब रातको समयमा पनि सडकको अवस्था निगरानी गर्न सहज हुने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै