सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पुष्पज्योति ढुंगानाका पाँच जलविद्युत् कम्पनीले विपद्का बेला दिए १ करोड ७ लाख ७७ हजार

जलसरोकार
शुक्रबार, भदौ १२, २०८३ | ०८:५३:३१ बजे

काठमाडौं : प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पाँच जलविद्युत् कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. १ करोड ७ लाख ७७ हजार ७ सय ७७ सहयोग गरेका छन्।

कोषका नाममा काटिएका चेकअनुसार तमोर इनर्जी प्रा.लि. ले सबैभन्दा बढी रु. ५५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ। त्यसैगरी सुपर मादी हाइड्रोपावर लिमिटेड ले रु. २५ लाख ५५ हजार ५ सय ५५, रिभरसाइड हाइड्रो इनर्जी लिमिटेड ले रु. १५ लाख ५५ हजार ५ सय ५५ तथा पालुन खोला हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड ले समान रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेका छन्।

यी सबै चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा काटिएका छन्। चेकमा उल्लेखित मिति २७ अगस्ट २०२६ रहेको छ।

कम्पनीसहयोग रकम
तमोर इनर्जी प्रा.लि.रु. ५५,५५,५५५
सुपर मादी हाइड्रोपावर लि.रु. २५,५५,५५५
रिभरसाइड हाइड्रो इनर्जी लि.रु. १५,५५,५५५
पालुन खोला हाइड्रोपावर लि.रु. ५,५५,५५५
पाँचथर पावर कम्पनी लि.रु. ५,५५,५५५
कुलरु. १,०७,७७,७७७

पछिल्लो समय आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला निजी क्षेत्रबाट उद्धार तथा राहतका लागि सहयोग आउने क्रम बढेको छ। यही क्रममा जलविद्युत् क्षेत्रमा संलग्न यी पाँच कम्पनीले पनि राज्यको राहत कोषमार्फत विपद् प्रभावितका लागि सहयोग उपलब्ध गराएका हुन्।

जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनसँगै स्थानीय समुदाय र सामाजिक क्षेत्रमा समेत जोडिँदै आएको निजी जलविद्युत् क्षेत्रले विपद्को समयमा राहत तथा पुनर्स्थापनामा योगदान दिन थालेको यस घटनाले देखाएको छ।

विशेषगरी एउटै क्षेत्रका पाँच कम्पनीबाट एकैपटक १ करोडभन्दा बढी रकम उद्धार कोषमा पुग्नुले विपद्का बेला निजी क्षेत्रको सामूहिक सामाजिक उत्तरदायित्वको पक्षलाई समेत उजागर गरेको छ।

प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०८३ | ०८:५३:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया