विद्युत् सर्ट भएर आगलागी, १३ लाखको क्षति
जलसरोकार
बैतडी: विद्युत् सर्ट भएर बैतडीमा सोमबार (आज) बिहान एक घरमा आगलागी भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला श्रीखण्डका केशवदत्त भट्टको घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
आज बिहान ८ः३० बजेतिर विद्युत् सर्ट भएर भट्टको घरमा आगलागी भएको हो । आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन् ।
प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा