मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, ७ अर्ब ५० करोड ऋण लगानी हुने
जलसरोकार
काठमाडौं: दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
आयोजनामा ऋण लगानीका लागि कम्पनी र बैंकहरूबीच बुधबार राजधानीस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो ।
कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह–वित्तीयकरणमार्फत ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । बाँकी ३ अर्ब ८० करोड रुपैयाँ भने प्रवद्र्धक कम्पनीले स्वपुँजी (इक्विटी) मार्फत व्यवस्थापन गर्ने जनाएको छ ।
गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत बेसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका भएर बहने मस्र्याङ्दी नदीमा आयोजना निर्माण भइरहेको छ । कम्पनीका अनुसार आयोजनाको निर्माण सम्पन्न गर्न चार वर्षको समय निर्धारण गरिएको भए पनि निर्माण कार्यलाई तीव्रता दिँदै आगामी ३० महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् विद्युत्गृहबाट करिब आठ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरण को १३२ केभी क्षमताको उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
यसअघि कम्पनीले २०७५ भदौ १० गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको थियो। साथै, २०७४ असोज १ गते ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागबाट उत्पादन अनुमति पत्र प्राप्त गरेको थियो ।
वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने विश्वास गरिएको कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्