४४.५२ मेगावाट सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न
जलसरोकार
काठमाडौं: एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्न लागेको ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
सोमबार आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नवील बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड र सानिमा तथा सिद्धार्थ बैंकले समान १÷१ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
कूल लागत करिब ९ अर्ब ६० करोड रहेको आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट पूँजी जुटाइने कम्पनीले जनाएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने नदी प्रवाही प्रकृतिको यो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाबाट वार्षिक २८३ दशमलव ३७ मेगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत् रुकुमको बाफीकोट सबस्टेसनमा जोडिनेछ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७८ असार २७ गते विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा