४४.५२ मेगावाट सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न
जलसरोकार
काठमाडौं: एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्न लागेको ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
सोमबार आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नवील बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड र सानिमा तथा सिद्धार्थ बैंकले समान १÷१ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
कूल लागत करिब ९ अर्ब ६० करोड रहेको आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट पूँजी जुटाइने कम्पनीले जनाएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने नदी प्रवाही प्रकृतिको यो आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाबाट वार्षिक २८३ दशमलव ३७ मेगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत् रुकुमको बाफीकोट सबस्टेसनमा जोडिनेछ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७८ असार २७ गते विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्