सुपर माछा खोला (४.६ मेगावाट) मा ९६ करोड ३८ लाख रुपैयाँको वित्तीय व्यवस्थापन
जलसरोकार
काठमाडौं : गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।
उक्त आयोजनामा लगानीसम्बन्धी सम्झौतामा आज बुढीगण्डकी हाइड्रोपावर प्रा.लि. को तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् ।
कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।
आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् ।
यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाटक्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन तत्काल नै जारी हुने प्रक्रियामा समेत रहेको छ ।
हाइड्रोपावरमा अनुभव बटुलिसकेको यो समूहले उक्त बुढीगण्डकी हाइड्रोपावर आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने जनाएको छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धि सम्झौता भएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनिले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरी प्राथमिक शेयरमा गई छिट्टै सर्वसाधरणको लागि सेयर जारी गर्ने तयारी समेत गरेको छ ।
आयोजनालाई सफलतापुर्वक सम्पन्न गर्न र यसै बर्ष शुरू गर्ने गरी थप २२ मेगावाट क्षमताको जल्दिगाढ हाईड्रोपावर बनाउने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र र अर्थमन्त्रीसँग कतारी प्रतिनिधिमण्डलको भेट, नेपाल–कतार द्विपक्षीय लगानी र निजी क्षेत्र सहकार्यमा छलफल
-
कतारी लगानी आकर्षणबारे राष्ट्र बैंकका गभर्नरसँग छलफल
-
नेप्से दोहोरो अंकले घट्यो, ८ अर्बभन्दा बढीको कारोबार
-
अबदेखि जलाशययुक्तको पीपीए दर घटीमा प्रतियुनिट ८.४५ रुपैयाँ र बढीमा प्रतियुनिट १४.८० रुपैयाँ
-
बजेट अर्धवार्षिक समीक्षा : लक्ष्यमा भारी कटौती, विकास खर्च निराशाजनक
-
विद्युत् बिक्री घट्दा मोदी इनर्जीकाे नाफा खुम्चियो