एनएमबि बैंक लि.को अगुवाइमा बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन
जलसरोकार
काठमाडौं : कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजना (२४.८ मेगावाट) मा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंकको अगुवाईमा कृषि विकास बैंक लि., तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त आयोजनाको करिब लागत कुल लागत ५ अर्ब ३५ करोड रुपैयाँ रहेको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लि. द्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना गत कात्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको छ ।
उक्त आयोजना एनएमबि बैंक लि. को अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लि. ले ऋण लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको बंैकले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्