वैकल्पिक वित्त विकास विधेयक चाँडो पारित गरिदिन अर्थमन्त्रीको आग्रह
जलसरोकार
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा देखिएको वित्तीय चापलाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याएको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले ट्रेजरीमा मात्रै भर पर्नु चुनौतीपूर्ण भएकाले वैकल्पिक स्रोत परिचालन आवश्यक भएको बताए ।
प्रतिनिधिसभाबाट छोटो अवधिमै पारित भएको विधेयकलाई राष्ट्रियसभाको विषयगत समितिमा नपठाइ सभाबाटै पारित गरिदिन उपप्रधानमन्त्री पौडेलले आग्रह गरे ।
सो प्रस्तावमाथिको छलफलमा सांसद गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले आ–आफ्ना धारणा राखे । छलफलपछि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १० करोड जुटाउने इप्पानको लक्ष्य, हालसम्म ८ करोड १९ लाख संकलन
-
बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै