लुम्बिनीलाई शैक्षिक गन्तव्य बनाउनु पर्ने अर्थमन्त्री पौडेलको जोड, ८० अर्बको देवदह गुरुयोजना सार्वजनिक
जलसरोकार
रुपन्देही: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्रलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार देवदहमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय छात्राबास शिलान्यास तथा गुरुयोजना सार्वजनिक कार्यक्रममा उनले गुणस्तरीय शिक्षामार्फत लुम्बिनीलाई अन्तर्राष्ट्रिय आकर्षण बनाउने सम्भावना रहेको बताए ।
करिब ८० अर्ब लागतको देवदह पूर्वाधार गुरुयोजना सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले “गुरुयोजना बनेर मात्र पुग्दैन, यसको प्रभावकारी कार्यान्वयनमा विश्वविद्यालय तदारुक हुनुपर्छ,” भन्दै सरकारले विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे ।
वि.सं. २०७७ मा सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई रुपन्देहीको देवदहमा ९२ बिघा जमिन भोगाधिकारमा दिएको थियो । सोही जग्गामा आधारित गुरुयोजना गत असार ३२ गते विश्वविद्यालयको अठौं सभाबाट स्वीकृत भएको हो ।
अर्थमन्त्री पौडेलले लुम्बिनीलाई विश्वकै शैक्षिक गन्तव्य बनाउने सम्भावना औंल्याउँदै शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पु¥याउनु आवश्यक रहेको धारणा राखे । साथै, विश्वविद्यालयले बौद्ध दर्शनका साथै विविध विषयको अध्यापनलाई समेत प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव थियो ।
उक्त अवसरमा लुम्बिनी विकास कोषको गुरुयोजना ४ दशक बितिसक्दा पनि सम्पन्न नहुँदा चिन्ता व्यक्त गर्दै मन्त्री पौडेलले “बजेट भएर मात्रै विकास हुँदैन, नेतृत्व इमान्दार र दृष्टिवान् हुनुपर्छ,” भने, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा