सरकार सुशासन र स्थिरतातर्फ अग्रसर रहेको अर्थमन्त्री पौडेलको भनाइ
जलसरोकार
बुटवल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको लक्ष्यप्रति दृढ भएर अघि बढिरहेको बताएका छन्। उनले देशलाई अस्थिर बनाउने तत्वहरूले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको तर ती सबै चुनौतीका बाबजुद पनि सरकार आफ्नो बाटोबाट विचलित नभएको स्पष्ट पारे ।
नेकपा एमाले रुपन्देहीले पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकार स्थिरता, शान्ति र सुशासनका लागि बनेको बताएका हुन ्।
उनले भने, “बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता छैन। यो गठबन्धन आगामी २०८४ सम्म यथावत् रहनेछ ।”
पौडेलले सरकारविरुद्ध गलत भाष्य निर्माण गरी समाजलाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाए। “सिङ्गो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भन्ने प्रयत्न भइरहेका छन्, तर यस्ता सबै प्रयत्न चिर्दै सरकार अघि बढिरहेको छ,” उनले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो