सरकार सुशासन र स्थिरतातर्फ अग्रसर रहेको अर्थमन्त्री पौडेलको भनाइ
जलसरोकार
बुटवल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको लक्ष्यप्रति दृढ भएर अघि बढिरहेको बताएका छन्। उनले देशलाई अस्थिर बनाउने तत्वहरूले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको तर ती सबै चुनौतीका बाबजुद पनि सरकार आफ्नो बाटोबाट विचलित नभएको स्पष्ट पारे ।
नेकपा एमाले रुपन्देहीले पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकार स्थिरता, शान्ति र सुशासनका लागि बनेको बताएका हुन ्।
उनले भने, “बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता छैन। यो गठबन्धन आगामी २०८४ सम्म यथावत् रहनेछ ।”
पौडेलले सरकारविरुद्ध गलत भाष्य निर्माण गरी समाजलाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाए। “सिङ्गो समाजलाई गलत दिशातर्फ धकेल्न सकिन्छ कि भन्ने प्रयत्न भइरहेका छन्, तर यस्ता सबै प्रयत्न चिर्दै सरकार अघि बढिरहेको छ,” उनले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ