अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट
जलसरोकार
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।
भेटका क्रममा नेपाल–चीनबीचका भन्सार नाकाहरुको व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसार सडक पूर्वाधारको स्तरोन्नति, दुई देशबीचको व्यापार विस्तार तथा कार्यान्वयनमा आएका अवरोधबारे छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपाल–चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन दुवै पक्षले सक्रिय पहल गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी