अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट
जलसरोकार
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।
भेटका क्रममा नेपाल–चीनबीचका भन्सार नाकाहरुको व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमतिअनुसार सडक पूर्वाधारको स्तरोन्नति, दुई देशबीचको व्यापार विस्तार तथा कार्यान्वयनमा आएका अवरोधबारे छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपाल–चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन दुवै पक्षले सक्रिय पहल गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य