अध्यक्ष प्रचण्डलाई भेटेर अर्थमन्त्री पौडेलले लिए आगामी बजेटको बारेमा सुझाव
जलसरोकार
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
भेटबारे अर्थमन्त्री पौडेलले विपक्षी दलका नेताको पनि राय सुझाव लिने क्रममा बजेटको सीमा तथा प्राथमिकताबारे नीति तथा कार्यक्रम केन्द्रित रहेर सामान्य कुराकानी भएको बताए ।
यसअघि अर्थमन्त्री पौडेलले सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सोमवार छलफल गरेका थिए । उक्त अवसरमा विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले बजेटको बारेमा अर्थमन्त्रीलाई सुझाव दिँदै जनमुखी र देशले धान्न सक्ने कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा