अध्यक्ष प्रचण्डलाई भेटेर अर्थमन्त्री पौडेलले लिए आगामी बजेटको बारेमा सुझाव
जलसरोकार
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
भेटबारे अर्थमन्त्री पौडेलले विपक्षी दलका नेताको पनि राय सुझाव लिने क्रममा बजेटको सीमा तथा प्राथमिकताबारे नीति तथा कार्यक्रम केन्द्रित रहेर सामान्य कुराकानी भएको बताए ।
यसअघि अर्थमन्त्री पौडेलले सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सोमवार छलफल गरेका थिए । उक्त अवसरमा विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले बजेटको बारेमा अर्थमन्त्रीलाई सुझाव दिँदै जनमुखी र देशले धान्न सक्ने कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य