अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्ने
जलसरोकार
काठमाडौँ: उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । जेठ १५ बिहीबार बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले आज बजेटकै विषयमा केन्द्रित रहेर दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रित हुनेछ ।
बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
यो बजेट चालू आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य