अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्ने
जलसरोकार
काठमाडौँ: उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । जेठ १५ बिहीबार बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले आज बजेटकै विषयमा केन्द्रित रहेर दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्रीको सचिवालयका अनुसार आजको पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रित हुनेछ ।
बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
यो बजेट चालू आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा