अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता
जलसरोकार
काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोस्वा (Arnaud Cauchois) बीच सोमबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपालमा हालैका राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित प्रभाव र एडीबीको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रमहरूको निरन्तरताबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै युवाहरूको चाहनाअनुसार सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजनामा एडीबीले खेलेको भूमिकाको प्रशंसा गर्दै चालु आयोजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा एडीबीका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा सरकारसँग मिलेर काम गर्न एडीबी सधैं तत्पर रहने बताए ।
भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा पनि उपस्थित थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य