अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता
जलसरोकार
काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोस्वा (Arnaud Cauchois) बीच सोमबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपालमा हालैका राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित प्रभाव र एडीबीको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रमहरूको निरन्तरताबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै युवाहरूको चाहनाअनुसार सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए । उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजनामा एडीबीले खेलेको भूमिकाको प्रशंसा गर्दै चालु आयोजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा एडीबीका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा सरकारसँग मिलेर काम गर्न एडीबी सधैं तत्पर रहने बताए ।
भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा पनि उपस्थित थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली