सुनको मूल्य सेयर बजार दीपक खड्का कुलमान घिसिङ नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने

जलसरोकार
मंगलबार, भदौ ३१, २०८२ | १७:२२:१९ बजे

काठमाडौं :  हालै भएको प्रदर्शनका कारण निजी क्षेत्रका उद्योग-व्यवसायमा पुगेको क्षति तथा त्यसबाट उत्पन्न समस्याको सम्बोधनबारे अर्थमन्त्री रामेश्वर खनालले सोमबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।

अर्थ मन्त्रालयमा आयोजित उक्त अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी ग्रुप, भाटभटेनी ग्रुपलगायतका उद्योग-व्यवसायीहरूको सहभागिता रहेको थियो।

निजी क्षेत्रका प्रतिनिधिहरुले नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिंदै उद्योग-व्यवसायको सुरक्षा, प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि सरकारले विश्वस्त तुल्याउनुपर्ने आग्रह गरेका थिए। साथै, प्रदर्शनका क्रममा उद्योग-व्यवसायमा भएको क्षतिको राहतस्वरूप कर सहुलियत, सहुलियतपूर्ण कर्जा तथा बिमा रकम तत्काल भुक्तानी हुने व्यवस्था मिलाउन माग गरेका थिए। उनीहरूले सरकार, राजनीतिक दल, पत्रकार र नागरिक समाजले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको धारणा राखे।

छलफलमा सहभागी अर्थसचिव घनश्याम उपाध्यायले दशैँबाहेक अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंक तथा भन्सार खुला रहने र पहिरोले अवरुद्ध तातोपानी नाका खुलाउन सरकार सक्रिय रहेको जानकारी दिए।

अर्थमन्त्री खनालले त्यसअघि अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयमा पुगेको क्षतिको अवलोकन गरेको जानकारी दिँदै सार्वजनिक र निजी क्षेत्रका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको बताए।

उनले उद्योग-व्यवसायीको समस्या सरकारकै समस्या भएको उल्लेख गर्दै यसबाट बाहिर निस्कन “Integrated Business Recovery Plan” ल्याइने जानकारी दिए। साथै कर तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतबारे सरकार सकारात्मक रहेको बताउँदै, अबका दिनमा नागरिकले सरकारको अनुहार सेवा प्रवाहमार्फत अनुभव गर्न सक्ने वातावरण बनाउन सबै सार्वजनिक निकायलाई निर्देशन दिइसकिएको स्पष्ट पारे।

प्रकाशित मिति : मंगलबार, भदौ ३१, २०८२ | १७:२२:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया