अर्थमन्त्री खनाल र जापानका राजदूतबीच शिष्टाचार भेट, विकास सहयोग र परियोजनामा छलफल
जलसरोकार
काठमाडौँ, : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत महामहिम Mr. MAEDA Toru बीच आइतबार, २०८२ असोज १२ गते अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ।
उक्त भेटमा दुवै पक्षले नेपाल–जापानको ऐतिहासिक सम्बन्ध, नेपालको वर्तमान राजनीतिक–आर्थिक परिवेश र जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा विस्तृत छलफल गरे।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै, यस अवधिमा पुनर्निर्माण तथा आर्थिक–सामाजिक विकासका काम निरन्तरता दिइने जानकारी दिए ।
भेटवार्तामा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, Koteshwor Intersection Improvement Project तथा Programme for Emergency Rehabilitation of Sindhuli Road (Flood Affected) जस्ता निकट भविष्यमा सम्झौता हुन गइरहेका परियोजनाबारे पनि छलफल भएको थियो।
उक्त बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा समेत उपस्थित थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण
-
एकतर्फी सञ्चालनमा आयाे बीपी राजमार्ग
-
सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति
-
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
-
यस्तो छ आजको मौसम पूर्वानुमान