अर्थमन्त्री खनाल र जापानका राजदूतबीच शिष्टाचार भेट, विकास सहयोग र परियोजनामा छलफल
जलसरोकार
काठमाडौँ, : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत महामहिम Mr. MAEDA Toru बीच आइतबार, २०८२ असोज १२ गते अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ।
उक्त भेटमा दुवै पक्षले नेपाल–जापानको ऐतिहासिक सम्बन्ध, नेपालको वर्तमान राजनीतिक–आर्थिक परिवेश र जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा विस्तृत छलफल गरे।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै, यस अवधिमा पुनर्निर्माण तथा आर्थिक–सामाजिक विकासका काम निरन्तरता दिइने जानकारी दिए ।
भेटवार्तामा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, Koteshwor Intersection Improvement Project तथा Programme for Emergency Rehabilitation of Sindhuli Road (Flood Affected) जस्ता निकट भविष्यमा सम्झौता हुन गइरहेका परियोजनाबारे पनि छलफल भएको थियो।
उक्त बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा समेत उपस्थित थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा