८२ मेगावाट लोअर सोलु जलविद्युत् आयोजनाको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसनको अन्तिम परीक्षण सम्पन्न
जलसरोकार
काठमाडौं : ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजनाका लागि निर्माण गरिएको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसन (GIS) को अन्तिम निरीक्षण तथा ‘बे चार्जिङ’ परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।
१३२ केभी क्षमताको उक्त ग्यास इन्सुलेटेड सबस्टेसनमा सम्पन्न अन्तिम परीक्षणपछि सबस्टेसन ऊर्जा प्रवाह (energization) र राष्ट्रिय प्रसारण प्रणालीसँग जडान (grid connection) गर्न पूर्ण रूपमा तयार भएको पुष्टि गरिएको छ।
परीक्षणका क्रममा करेन्ट ट्रान्सफर्मर (CT) र पोटेन्सियल ट्रान्सफर्मर (PT) का क्यालिब्रेसन, सल्फर हेक्साफ्लोराइड (SF₆) ग्यासको दबाब, र सर्किट ब्रेकरको सिन्क्रोनाइजेसनलगायतका प्रमुख प्राविधिक सूचकहरू सफलतापूर्वक जाँच गरिएको प्राविधिक टोलीले जनाएको छ।
यस सबस्टेसनको सफल परीक्षणले आयोजनाको ग्रिड जडान र विद्युत् आपूर्तिको तयारी चरणमा महत्वपूर्ण प्रगति भएको जनाइएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै