सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

८२ मेगावाट लोअर सोलु जलविद्युत् आयोजनाको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसनको अन्तिम परीक्षण सम्पन्न

जलसरोकार
शनिबार, कात्तिक १५, २०८२ | १०:४९:१४ बजे

काठमाडौं : ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजनाका लागि निर्माण गरिएको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसन (GIS) को अन्तिम निरीक्षण तथा ‘बे चार्जिङ’ परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

१३२ केभी क्षमताको उक्त ग्यास इन्सुलेटेड सबस्टेसनमा सम्पन्न अन्तिम परीक्षणपछि सबस्टेसन ऊर्जा प्रवाह (energization) र राष्ट्रिय प्रसारण प्रणालीसँग जडान (grid connection) गर्न पूर्ण रूपमा तयार भएको पुष्टि गरिएको छ।

परीक्षणका क्रममा करेन्ट ट्रान्सफर्मर (CT) र पोटेन्सियल ट्रान्सफर्मर (PT) का क्यालिब्रेसन, सल्फर हेक्साफ्लोराइड (SF₆) ग्यासको दबाब, र सर्किट ब्रेकरको सिन्क्रोनाइजेसनलगायतका प्रमुख प्राविधिक सूचकहरू सफलतापूर्वक जाँच गरिएको प्राविधिक टोलीले जनाएको छ।

यस सबस्टेसनको सफल परीक्षणले आयोजनाको ग्रिड जडान र विद्युत् आपूर्तिको तयारी चरणमा महत्वपूर्ण प्रगति भएको जनाइएको छ।

प्रकाशित मिति : शनिबार, कात्तिक १५, २०८२ | १०:४९:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया