प्राधिकरण कर्मचारी संघकी महिला उपाध्यक्षले दिइन् राजीनामा
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघकी महिला उपाध्यक्ष संगीताकुमारी झाले पदबाट राजीनामा दिएकी छिन् ।
संघको केही महिनाअघि सम्पन्न संघको १४ औं महाधिवेशनबाट निर्वाचित झाले गत आइतबार संघका अध्यक्षसमक्ष यही साउन ८ गते राजीनामा पत्र बुझाएकी हुन् ।
राजीनामा पत्रमा उनले कर्मचारी संघभित्र व्यक्तिवादी हावी भएको, पारदर्शिता रत्तिभर नभएको, सिष्टमलाई कुल्चेर दुई तीनजनाले हैकमवादी चलाएको, बदनियतको विरुद्ध बोल्दा डराउने धम्काउने गरिएको, मानसिक उत्पीडन गर्ने गरेको आरोप लगाएकी छिन् ।
झाले फरक विचार भएको व्यक्तिको बारेमा केही सुन्नै नसक्ने, कुनै प्रदेशमा कार्यक्रम हुँदा सम्बन्धित प्रदेश प्रमुखलाई फोन गरेर व्यक्ति विशेषलाई बोलाउन लगाउने, अरु सहभागी हुन खोज्दा ‘तँलाई बोलाएको छैन’ भनेर जान नदिने, आफ्नो तजबिजको आधारमा प्रतिनिधि पठाउने, एउटै व्यक्तिलाई पटक-पटक प्रतिनिधि पठाउने राजीनामामा उल्लेख गरेकी छिन् ।

उनले आफ्नो सहुलियतको हिसाबले सिनियर जुनियरको पोर्टफोलियाे कायम गर्ने, महाधिवेशनको बेला सबैलाई समेटेको जस्तो देखाउने, अरु बेला संघमा कामै नलाग्ने र संघको लागि केही नगरेको जस्तो व्यवहार गर्ने साथै कत्ति जोखिम मोलेर साथीहरुको काम गर्दा पनि आफ्नो पकेटको नभए भित्तैमा पुर्याउने जस्ता सयौं बेथितिको बीचमा आफू पटक-पटक अपमानित भई बसेको तथा अब आफूलाई आत्मग्लानी महसुस भइहेको कारण साधारण सदस्य नरहने गरी टाउकामा भएको बोझ बिसाउने निर्णय लिन बाध्य भएको राजीनामा पत्रमा लेखेकी छिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता