उद्योग विभागलाई महासंघको कम्प्युटर सहयोग
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू बुझाएका हुन् ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटरलगायत विभिन्न mबतभचष्ब िजलेर नष्ट भएपछि विभागको अनुरोधअनुसार महासंघले सहयोगस्वरूप कम्प्युटर उपलब्ध गराएको हो ।
कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने उल्लेख गरे। उद्योग विभागले भोगेको क्षति न्यूनीकरणका लागि महासंघले सानो भूमिका निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरे।
उनका अनुसार आगामी दिनमा पनि महासंघ र विभागबीचको सहकार्य निरन्तर रहनेछ।
विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले आन्दोलनका क्रममा विभागको भौतिक सामग्रीमा ठूलो क्षति पुगेको बताउँदै महासंघले तत्काल उपलब्ध गराएको यस सहयोगप्रति आभार व्यक्त गरे। उनले यो सहयोगले विभागको दैनिक सेवा सञ्चालन सहज बनाउने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा