उद्योग विभागलाई महासंघको कम्प्युटर सहयोग
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू बुझाएका हुन् ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटरलगायत विभिन्न mबतभचष्ब िजलेर नष्ट भएपछि विभागको अनुरोधअनुसार महासंघले सहयोगस्वरूप कम्प्युटर उपलब्ध गराएको हो ।
कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने उल्लेख गरे। उद्योग विभागले भोगेको क्षति न्यूनीकरणका लागि महासंघले सानो भूमिका निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरे।
उनका अनुसार आगामी दिनमा पनि महासंघ र विभागबीचको सहकार्य निरन्तर रहनेछ।
विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले आन्दोलनका क्रममा विभागको भौतिक सामग्रीमा ठूलो क्षति पुगेको बताउँदै महासंघले तत्काल उपलब्ध गराएको यस सहयोगप्रति आभार व्यक्त गरे। उनले यो सहयोगले विभागको दैनिक सेवा सञ्चालन सहज बनाउने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो