बुटवलमा इभी फास्ट चार्जिङ स्टेशन सञ्चालनमा


काठमाडौँ - बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फाष्ट चार्ज’सहितको चार्जिङ स्टेशन शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको स्टेशनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सहकारीले जनाएको छ । स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका दुईवटा मेसिन जडान भएको छ । करिब १ करोड लगानीमा संचालनमा ल्याइएको स्टेशनमा एकैसाथ ६ वटा सवारीलाई चार्ज गर्न सकिने छ ।
स्टशेनबाट चार्जमा लगाएका सवारी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ । यसैबिच स्टेशनमा सेवा लिनका लागि बुटवल–गुल्मी सञ्चालन हुँदै आएका आँगन सेवा यातायात प्रालिका १५ वटा सवारीका लागि सम्झौता भएको र सेवा लिन सुरु गरेको प्रालिका सञ्चालक सन्तोष कंडेलले जानकारी दिए । चार्जिङ स्टेशनको लुम्विनी प्रेश सहकारी मन्त्रालयका रजिष्ट्रार यमबहादुर कुँवरले शुक्रवार शुभारम्भ गरेका हुन् ।
उनले पछिल्लो समय पर्यावरणीय संरक्षणको हिसावले पनि विद्युतीय सवारीको चाप बढेकाले तिनको सहजताका लागि स्थापना गरिएको चार्जिङ स्टेशनले सकारात्मक सन्देश दिएको बताए ।पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर उत्तर धर्मपथमा रहेको आफ्नै कार्यालय परिषरमा स्थापना गरिएको चार्जिङ स्टेशनबाट दैनिक ८० देखि ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने सहकारीका सचिव नरबहादुर रजालीले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
पहिलो आवधिक योजना (२०१३–२०१८) मा विद्युत् : देशको जडित क्षमता २० मेगावाट पुर्याउने लक्ष्य
-
बागमती नदीको पुनर्जीवन — बागमती भनेको के हो?
-
बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
-
खानेपानी योजनाले ल्यायो गाउँमा खुसियाली
-
सरकारी कर्मचारीहरुलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली
-
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने : ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’