मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह क्षणिक, सेयर बजार ३५ अंकले घट्यो
जलसरोकार
काठमाडौँ,: मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार देखिएको सेयर बजारको उत्साह लामो समय टिक्न सकेन । आइतबार २९ अंकले बढेको नेप्से सोमबार पुनः घटेर ३५.०९ अंकले ओरालो लाग्दै २७२५ विन्दुमा झरेको छ।
बजारमा आएको गिरावटको कारण नाफा बुकिङ भएको विश्लेषण गरिएको छ। १२ असारमा नेप्से २५९५ सम्म झरेपछि केही सुधार देखिए पनि त्यो दीर्घकालीन बन्न सकेन। सोमबारको कारोबार रकम पनि घट्दै ८ अर्ब १७ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको ११ अर्ब ४१ करोडभन्दा कम हो।
सोमबार ५० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको घट्यो। हाइड्रोपावरबाहेक सबै उपसमूहको सूचकमा गिरावट आएको छ। हाइड्रोपावर ०.१५ प्रतिशतले बढ्दा, बैंकिङ २.४६ प्रतिशत, विकास बैंक १.४८, बीमा, माइक्रोफाइनान्स, फाइनान्स, होटल, व्यापार, लगानी लगायत समूह घटे।
माइखोला हाइड्रोपावरको मूल्य ५.९० प्रतिशतले बढ्दा, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, र सिनर्जी पावरको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
उता, सामुदायिक लघुवित्त, धौलागिरि लघुवित्त, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, र सिटिजन्स बैंकको मूल्यमा उच्च गिरावट आएको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एशिया बैंक, र साहस ऊर्जा परेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य