ब्याजदर घटेपछि उत्साहित बजार: नेप्से ३४.६१ अंकले उकालो, कारोबार १४ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौं, : बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.६१ अंकले बढ्दै २७९४ अंकमा पुगेको छ। साउन महिनाका लागि बैंकहरूले ब्याजदर घटाएपछि बजारमा उत्साह देखिएको हो।
बजारमा सूचक बढेसँगै कारोबार रकम समेत उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो दिन ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा आज १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ।
आज १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको छ। व्यापारबाहेक सबै समूहका सूचक बढेका छन्। विकास बैंक समूह ३.८६ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो। बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५ र अन्य समूह ०.३३ प्रतिशतले बढे। व्यापार समूह भने ०.१८ प्रतिशतले घट्यो।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। त्यसपछि ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपर हेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ र बुटवल पावरको ६.७९ प्रतिशतले मूल्य बढेको छ।
यस्तै, माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९० र उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा शीर्ष पाँचमा परेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार