सेयर बजार घट्दा पनि कारोबार रकम उल्लेख्य बढ्यो
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । उक्त अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।
९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।
बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।
पियोर इनर्जीको मूल्य १० प्रतिशत घट्यो । चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावरको ५.९९, तेह्रथुम पावरको ६.१७, नेपाल फाइनान्सको ४.९७ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ तथा ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर र बुटवल पावर छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार