सेयर बजार घट्दा पनि जलविद्युत्मा आकर्षण


काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । परिसूचक नेप्से ५.९९ अंक घटेसँगै २६४० अंकमा कायम भएको छ । नेप्स घटे पनि हाइड्रोपावरमा भने आकर्षण देखिएको छ ।
बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । रिभर फल्स पावर, बुटवल पावर, पियोर इनर्जी र बरुण हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ९.५०, राधि विद्युत्को ७.५६, एसियन हाइड्रोको ७.३१, उपकार लघुवित्तको ६.५४, युनिभर्सल पावरको ६.४४ तथा दोर्दीखोला हाइड्रोपावरको ५.१० प्रतिशत बढ्यो ।
अघिल्लो दिनसम्म १० प्रतिशत बढेको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य आज ९.३० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ३.९०, सुपर माइ हाइड्रोपावरको ३.५५ तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.४७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, ङादी ग्रुप, अरुण काबेली क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई