सेयर बजार घट्दा पनि जलविद्युत्मा आकर्षण
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । परिसूचक नेप्से ५.९९ अंक घटेसँगै २६४० अंकमा कायम भएको छ । नेप्स घटे पनि हाइड्रोपावरमा भने आकर्षण देखिएको छ ।
बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । रिभर फल्स पावर, बुटवल पावर, पियोर इनर्जी र बरुण हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ९.५०, राधि विद्युत्को ७.५६, एसियन हाइड्रोको ७.३१, उपकार लघुवित्तको ६.५४, युनिभर्सल पावरको ६.४४ तथा दोर्दीखोला हाइड्रोपावरको ५.१० प्रतिशत बढ्यो ।
अघिल्लो दिनसम्म १० प्रतिशत बढेको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य आज ९.३० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ३.९०, सुपर माइ हाइड्रोपावरको ३.५५ तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.४७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, ङादी ग्रुप, अरुण काबेली क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य