तिला लघुजलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र
जलसरोकार
जुम्ला: जुम्लाको तिला लघुजलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि सञ्चालनमा नआएको आयोजनामा विद्युत उत्पादन गर्ने विभिन्न सामग्री सडकमा परेका स्थानीयले जानकारी दिएका छन् ।
विकासका लागि निर्माण गरिएको उक्त आयोजनाले जिल्ला दुर्गम क्षेत्रका बासिन्दालाई विद्युत् विस्तार गर्ने उद्देश्य राखेको थियो । तर विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा सुरु भएको आयोजनाको लागि गाउँपालिकाद्वारा खरिद गरिएका लाखौँ रुपैयाँ मूल्यका उपकरण हाल प्रयोगविहीन बनेको छ ।
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने, “विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो । हामी निर्वाचित भएपछि ती सामग्री गाउँपालिकामा ल्याएका हौँ । अघिल्लो पालामा पेश्कीबापत मात्र केही रकम भुक्तानी भएको रहेछ ।”
तिला–७ स्थित तिला नदीबाट १ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण गरिएको आयोजना पूर्वाधार विकास कोषमा रु ११ करोड बजेट खर्च गरी निर्माण भएको थियो। हाल जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउन दबाब दिइरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार फेरि २६ सयमुनि, नेप्से १९.९२ अंकले घट्यो
-
तिला लघुजलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र
-
बाग्मती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
-
सुनचाँदीको मूल्यमा उतारचढाव : चाँदी नयाँ उच्चतामा, सुनमा सामान्य गिरावट
-
नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड छिटो सक्न मन्त्री घिसिङको निर्देशन
-
आगामी २४ घण्टामा देशभर आंशिक बदली, तराईमा हुस्सु/कुहिरोको सम्भावना