तिला लघुजलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र
जलसरोकार
जुम्ला: जुम्लाको तिला लघुजलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि सञ्चालनमा नआएको आयोजनामा विद्युत उत्पादन गर्ने विभिन्न सामग्री सडकमा परेका स्थानीयले जानकारी दिएका छन् ।
विकासका लागि निर्माण गरिएको उक्त आयोजनाले जिल्ला दुर्गम क्षेत्रका बासिन्दालाई विद्युत् विस्तार गर्ने उद्देश्य राखेको थियो । तर विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा सुरु भएको आयोजनाको लागि गाउँपालिकाद्वारा खरिद गरिएका लाखौँ रुपैयाँ मूल्यका उपकरण हाल प्रयोगविहीन बनेको छ ।
तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने, “विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो । हामी निर्वाचित भएपछि ती सामग्री गाउँपालिकामा ल्याएका हौँ । अघिल्लो पालामा पेश्कीबापत मात्र केही रकम भुक्तानी भएको रहेछ ।”
तिला–७ स्थित तिला नदीबाट १ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण गरिएको आयोजना पूर्वाधार विकास कोषमा रु ११ करोड बजेट खर्च गरी निर्माण भएको थियो। हाल जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउन दबाब दिइरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्