समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका : ऊर्जा मन्त्री खड्का
जलसरोकार
काठमाडौँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा ईन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मुलुकको विकासमा ईन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
“विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा ईन्जिनीयरको महत्वपूर्ण भूमिका रहन्छ,”– उनले भने, । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए ।
उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए । उर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पुरा गर्दा थुप्रै इन्जिनीयरले रोजगार पाउने उल्लेख गरे ।
बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेपनि १७ हजार बढीले रोजगारी पाउने उनको भनाई थियो । उनले मुलुकको विकासका लागि इन्जिनीयरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए । इन्जिनीयर विना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेकोे बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित