समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका : ऊर्जा मन्त्री खड्का
जलसरोकार
काठमाडौँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा ईन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मुलुकको विकासमा ईन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
“विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा ईन्जिनीयरको महत्वपूर्ण भूमिका रहन्छ,”– उनले भने, । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए ।
उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए । उर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पुरा गर्दा थुप्रै इन्जिनीयरले रोजगार पाउने उल्लेख गरे ।
बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेपनि १७ हजार बढीले रोजगारी पाउने उनको भनाई थियो । उनले मुलुकको विकासका लागि इन्जिनीयरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए । इन्जिनीयर विना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेकोे बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?