रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको प्रमुखमा इन्जिनियर न्यौपाने मनोनीत
जलसरोकार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीै (रास्वपा) ले पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको प्रमुखमा इन्जिनियर श्रीराम न्यौपानेलाई मनोनयन गरेको छ ।
गत असार ४ गते बसेको पार्टी सचिवालयको बैठकले न्यौपानेलाई उक्त विभागको प्रमुखमा मनोनीत गरेको महामन्त्री कविन्द्र्र बुर्लाकोटीलेले हिजो सम्प्रेषण गरेको पत्रमा उल्लेख छ ।
गत वैशाख १० गतेको उपनिर्वाचनको पूर्वसन्ध्यामा डा. स्वर्णिम वाग्लेसँगै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा विधिवत रुपमा प्रवेश गरेका न्यौपानेले अध्यक्ष रवि लामिछाने र अर्थशास्त्री डा. वाग्लेलाई एउटै प्लेटफार्ममा ल्याउन र आफ्नो जन्मथलो रहेको निर्वाचन क्षेत्र तनहुँ १ मा डा. स्वर्णिम वाग्लेलाई निर्वाचित गराउन महत्वपूर्ण एवं प्रमुख भूमिका निर्वाह गरेका थिए ।
उपनिर्वाचनमा डा. वाग्लेलाई निर्वाचित गराउन सक्रिय रहने क्रममा वरिष्ठ इन्जिनियर न्यौपानेले निर्वाचन परिचालन समितिको संयोजकको भूमिका निर्वाह गरेका थिए ।
देशमा व्याप्त वेथिति, विकृति, विसंगति र भ्रष्टाचारका विरुद्धमा निरन्तर सामाजिक सञ्जाल मार्फत आफ्नो राय सुझाव राख्दै आएका न्यौपाने पञ्चायत कालमा स्वतन्त्र विद्यार्थी युनियन, संवैधानिक राजतन्त्र रहेको समयमा नेपाल इन्जिनियर्स एसोसिएशन र गणतन्त्र आएपछि नेपाल इन्जिनियरिङ काउन्सिल समेत ३ वटा निर्वाचनमा सहभागी भई तीनवटै निर्वाचनमा सम्मानजनक मत सहित निर्वाचित भएका थिए ।

तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ स्थित भानु नगरपालिका वडा नं ५ ओकलाङमा वि सं २०२६ मा जन्मेका न्यौपाने पछिल्लो समय सुरुङ निर्माण, ऊर्जा क्षेत्रको विकास र तनहुँ–१ को सामाजिक सेवाका गतिविधिहरुमा सक्रिय छन् ।
वरिष्ठ इन्जिनियर न्यौपाने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको आयोजना निर्देशक हुन् । उनले जलविद्युत उत्पादन शुरु भइसकेका मिस्त्रिखोला (४२ मेगावाट) र तादीखोला (५ मेगावाट) जलविद्युत आयोजनाका संस्थापक हुन् भने निर्माणको चरणमा रहेको ४३ मे वा को अप्पर मादी–० खोला जलविद्युत आयोजनामा सर्वेक्षण अनुमतिपत्र लिने चरणदेखि आवद्ध छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा