ऊर्जा मन्त्रीको अभिव्यक्तिले नेपाली जनताको अपमान भयो : प्राधिकरण ट्रेड युनियनहरु
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले ऊर्जा मन्त्री दीपक खड्काले हिजो प्रतिनिधि सभामा व्यक्त ‘भारतका कारण लोडसेडिङ अन्त्य भएको’ भन्ने धारणाले सिंगो सार्वभौम नेपाली जनताको अपमान भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
प्राधिकरणको कर्मचारी कल्याण परिषदु र राष्ट्रिय कर्मचारी युनियले आज एक विज्ञप्ति प्रकाशन गरी ऊर्जा मन्त्री खड्काको उक्त अभिव्यक्तिले उत्सवको रुपमा मनाएको लोडसेडिङ अन्त्यलाई नेपालको कारणले अन्त्य भएको होइन भनेर जिम्मेवार व्यक्तिबाट सम्मानित सदनमा अभिव्यक्ति दिनुले प्राधिकरणका कर्मचारी मात्र नभई नेपालीको अपमान भएको जनाएको हो ।
मन्त्री खड्काले प्राधिकरणको नाफा केवल कागजी नाफा हो भन्ने व्यक्तले सिंगो प्राधिकरणको लेखा प्रणाली, सञ्चालक समितिबाट पारित वित्तीय प्रतिवेदन र महालेखापरीषकको प्रतिवेदनलाई समेत खण्डित गरेका उनीहरुले उल्लेख गरेका छन् । ‘यस्तो झूट र भ्रामक तथ्य सम्मानित सदनमा समे प्रस्तुत गरिनु आफैमा दुःखदायी छ,’ विज्ञप्तिमा छ ।
निरन्तर नाफामा गइरहेको संस्थामा विधि, प्रक्रिया, स्थापित मान्यता र सिद्धान्तविपरीत कर्मचारी सेवा शर्त विनियमावली संशोधन गर्दै समान्य सरुवा, कार्य सम्पादन मूल्यांकन जस्ता अधिकारहरु सञ्चालक समितिमा केन्द्रित गरी संस्थमाथि राजनीतिक हस्तक्षेप बढाउने साथै मन्त्रालयबाट कर्मचारीहरुको नामै किटान गरी सरुवा गर्नू भन्ने निर्देशन दिने जस्तो कार्यलाई समर्थन नगरेको आधारमा संस्था प्रमुखलाई हतोत्साहित गर्ने र आम कर्मचारीको मनोबल कमजोर हुने गरी पटक–पटक स्पष्टीकरण सोधर उज्यालो नेपाल समृद्ध नेपालको अभियानमा अवरोध सिर्जना भइरहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा लामो समयदेखि सञ्चालक समितिको बैठक नबसी संसथाको नियमि काम कारबाह िप्रभावित हुने, कर्मचारीको वृत्ति विकास अवरुद्ध हुनुका साथै देशको ऊर्जा क्षेत्रको विकाससँग सम्बन्धित विषयहरुमा अनिर्णयको बन्दी हुने अवस्थाको अन्त्य गर्न सरकारले कार्यकारी निर्देशकलाई मन्त्रिपरिषद्बाट सोधिएको स्पष्टीकरणको जवाफ प्राप्त भएपश्चात् उहाँलाई स्वतन्त्र ढंगले काम गर्न दिन पनि युनियनहरुले आग्रह गरेका छन् ।
प्राधिकरणमा क्रियाशील युनियनहरुमध्ये सत्तापक्ष नेपाली कांग्रेस र एमाले निकट ट्रेड युनियनहरुले भने ऊर्जा मन्त्रीका सबै हर्कतहरुप्रति मौनता साँधेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रिज लाइन इनर्जीको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ११.८० लाख कित्ता शेयर
-
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल, अनावश्यक सञ्चय नगर्न विभागको आग्रह
-
तराई र उपत्यकामा हुस्सु, उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना
-
निर्माण उद्योगको अराजकता अन्त्य, सुनकोसी-मरिन डाइभर्सनमा ठेकेदारलाई सर्वाेच्चको झापड
-
परराष्ट्र र अर्थमन्त्रीसँग कतारी प्रतिनिधिमण्डलको भेट, नेपाल–कतार द्विपक्षीय लगानी र निजी क्षेत्र सहकार्यमा छलफल
-
कतारी लगानी आकर्षणबारे राष्ट्र बैंकका गभर्नरसँग छलफल