ऐन आउनुभन्दा अघि नै नियमावली बनाउन ऊर्जा मन्त्रीको निर्देशन
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऐन आउनुभन्दा अगाडि नै नियमावली बनाउन निर्देशन दिएका छन् ।
ऊर्जा मन्त्रीका प्रेस सल्लाहकारले तयार पारेर पठाएको समाचारमा 'नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ' उल्लेख छ ।
पठाइएको समाचारमा भनिएको छ—
केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको वोर्ड बैठकमा खड्काले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०८१ हाल सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । मन्त्री खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूंरा गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लाग्नुपर्ने बताए ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/०८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतीको समिक्षा, आव २०८१/०८२ को वार्षिक कार्यक्रम तथा वजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनलगायतमा छलफल भएको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्