कुलमान घिसिङलाई हटाउन ऊर्जा मन्त्रीको अर्काे सात दिने स्पष्टीकरण
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न सात दिने स्पष्टीकरण सोमबार सोधेको छ ।
मन्त्रालयका सचिव सुरेश आचार्य आफैले हस्ताक्षर गरी आज पठाइएको पत्रमा भनिएको छ, ‘मन्त्रालय र प्राधिकरणका कार्यकारी निर्देशकबीच भएको कार्य सम्पादन मूल्यांकन सम्झौताको दफा १०.३ बमोजिम कार्य सम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने ? यो पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानुनबमोजिम तपाईं उपर थप प्रक्रिया अगाडि बढाइएने ब्यहोरा यस मन्त्रालयको मिति २०८१÷०९÷२२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’

पटक–पटक पदबाट पदबाट हटाउन प्रयास गर्दै आएका ऊर्जा मन्त्री दीपक खड्काले सोमबार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्न लगाएका हुन् ।
पत्रमा प्राधिकरण सञ्चालक समितिका बैठकहरुमा समेत सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोग भूमिका खेल्ने गरेको, सामान्य विषय वस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादाविपरीतका कार्य गर्ने गर्नुभएको साथै यस मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गर्दै आउनु भभएको छ भनिएको छ ।
ऊर्जा मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई हटाउन खोजेको यो सार्वजनिक रुपमा देखिने गरी तेस्रोपटक हो ।
मन्त्री खड्का नियुक्त भएदेखि नै लोडसेडिङ कालमा ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका व्यापारीका पक्षमा उभिंदै आएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित