कुलमान घिसिङलाई हटाउन ऊर्जा मन्त्रीको अर्काे सात दिने स्पष्टीकरण
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न सात दिने स्पष्टीकरण सोमबार सोधेको छ ।
मन्त्रालयका सचिव सुरेश आचार्य आफैले हस्ताक्षर गरी आज पठाइएको पत्रमा भनिएको छ, ‘मन्त्रालय र प्राधिकरणका कार्यकारी निर्देशकबीच भएको कार्य सम्पादन मूल्यांकन सम्झौताको दफा १०.३ बमोजिम कार्य सम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने ? यो पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानुनबमोजिम तपाईं उपर थप प्रक्रिया अगाडि बढाइएने ब्यहोरा यस मन्त्रालयको मिति २०८१÷०९÷२२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’

पटक–पटक पदबाट पदबाट हटाउन प्रयास गर्दै आएका ऊर्जा मन्त्री दीपक खड्काले सोमबार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्न लगाएका हुन् ।
पत्रमा प्राधिकरण सञ्चालक समितिका बैठकहरुमा समेत सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक पटक असहयोग भूमिका खेल्ने गरेको, सामान्य विषय वस्तुमा समेत विवाद गर्ने गरेको र पदीय मर्यादाविपरीतका कार्य गर्ने गर्नुभएको साथै यस मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गर्दै आउनु भभएको छ भनिएको छ ।
ऊर्जा मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई हटाउन खोजेको यो सार्वजनिक रुपमा देखिने गरी तेस्रोपटक हो ।
मन्त्री खड्का नियुक्त भएदेखि नै लोडसेडिङ कालमा ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका व्यापारीका पक्षमा उभिंदै आएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा