जगदुल्ला जलविद्युत् आयोजनामा ऊर्जामन्त्री श्रेष्ठको चासो, समयमै सम्पन्न गर्न निर्देशन
जलसरोकार
काठमाडाैं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजना निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका छन् । उनले कर्णाली प्रदेशजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा समेत आयोजनाको काम द्रुतगतिमा अघि बढ्नु सकारात्मक पक्ष भएको बताए ।
मन्त्री श्रेष्ठले जलविद्युत् आयोजनाले स्थानीय नागरिकको जीवनस्तर सुधार गर्नुका साथै राष्ट्रिय ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले निर्माणका क्रममा देखिने प्राविधिक तथा प्रशासनिक समस्या तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै समाधानमा सरकार तयार रहेको स्पष्ट पारे ।
“निर्माणको चरणमा देखिने समस्या मन्त्रालयलाई तुरुन्त जानकारी गराउनुहोस्, हामी त्यसको समाधान तत्काल खोज्नेछौँ। तर कार्य प्रगतिमा कुनै ढिलासुस्ती हुनुहुँदैन, तोकिएको समयभित्रै आयोजना सम्पन्न हुनुपर्छ,” मन्त्री श्रेष्ठले भने ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गत डोल्पामा १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना तथा १२४.३५ मेगावाट क्षमताको जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण भइरहेको छ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत को पनि सहभागिता रहेको थियो। सरकारले यी आयोजना सम्पन्न भएपछि डोल्पा क्षेत्रको भौतिक पूर्वाधार विकास र आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जगदुल्ला जलविद्युत् आयोजनामा ऊर्जामन्त्री श्रेष्ठको चासो, समयमै सम्पन्न गर्न निर्देशन
-
आदिवासी तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग
-
नेप्से १२.३६ अंकले घट्यो, कारोबार रकम भने सामान्य बढ्यो
-
बबई लिफ्टिङ आयोजना थप ६ महिना लम्बियो
-
सुन–चाँदीको मूल्य बढ्यो,आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान