थापाथली आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
जलसरोकार
काठमाडौं : थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गरेकाछन् ।
आगलागीका कारण स्थानीयवासीको सुरक्षा तथा जनधनमा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्री श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले अव्यवस्थित तारका कारण जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै समस्या समाधानमा ढिलाइ गर्न नहुने बताए ।
मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको छ।
उनले जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न तथा दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता समस्याको स्थायी समाधानका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । साथै, राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका विद्युत् तथा दूरसञ्चारका तार व्यवस्थापन अभियानलाई थप तीव्रता दिइने स्पष्ट पारे ।
थापाथलीसहित राजधानीका विभिन्न क्षेत्रमा अव्यवस्थित तारका कारण जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले पनि सम्बन्धित निकायसँग प्रभावकारी व्यवस्थापनको माग गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत जलस्रोत सचिवस्तरीय बैठक भदौ १६ देखि काठमाडौंमा
-
थापाथली आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
जलविद्युत् विकासमा निजी क्षेत्र : विकल्प होइन, अपरिहार्य साझेदार
-
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
-
जापान–नेपाल विकास सहकार्य थप मजबुत, ४१० मिलियन येन अनुदान सम्झौता
-
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेट, ऊर्जा पूर्वाधार र जलविद्युत् सहकार्यबारे छलफल