कुलमानलाई मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने ऊर्जा मन्त्रीको 'तयारी'
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज बस्ने मन्त्रिपरिषद्ले नै प्रष्टीकरण सोध्ने भएको छ ।
गत फागुन १३ गते ऊर्जा सचिवमार्फत मन्त्री खड्काले सोधेको प्रष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले कानुनी रुपमै चुनौती दिएपछि उनलाई मन्त्रिपरिषद्बाटै प्रष्टीकरण सोध्ने 'तयारी; ऊर्जा मन्त्री खड्काले गरेका छन् ।
गत फागुन १५ गते घिसिङले दिएको प्रष्टीकरणमा ‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्यासम्बनधी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची-१ को क्र.सं. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई अधिकार नभएको’ उल्लेख थियो ।
मन्त्रालय स्रोतका अनुसार यही रनाहामा मन्त्रिपरिषद्बाटै कुलमानलाई स्पष्टीकरण सोध्ने र आज बस्ने भनिएको बैठकमा प्रस्ताव लैजान ऊर्जा सचिव सुरेश आचार्यले सबै तयारी पूरा गरेका छन् ।
ऊर्जा मन्त्री खड्काको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले निर्णय गर्नेमा स्वयं ऊर्जा मन्त्री खड्कै विश्वस्त नभएको मन्त्रालय स्रोतले जानकारी दियो । ‘उहाँले पटक-पटक लगिसक्नुभयो (मन्त्रिपरिषद्मा), आफ्नो तुष पोख्न र कुलमानलाई देखाइदिनकै लागि भए पनि मन्त्रिपरिषद्मा लैजान लाग्नुभएको बुझिन्छ,’ मन्त्रालयका एक अधिकारीले बताए ।
कुलमानले दिएको २४ घण्टे स्पष्टीकरणको सामना गर्न नसकेपछि मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको ती अधिकारीले बताए । ऊर्जा मन्त्री खड्काले गत साउनदेखि हालसम्म कुलमानलाई पाँचपटक प्रष्टीकरण सोधिसकेका छन् । कुलमानलाई हटाउन खड्काले दुईपटक मन्त्रिपरिषद्मा प्रस्ताव लगिसकेका छन् । तर सत्तारुढ नेपाली कांग्रेसकै केही मन्त्रीहरुले असहमति जनाएपछि प्रधानमन्त्री ओली पछि हटेका हुन् । प्रधानमन्त्री ओली भने ऊर्जा मन्त्री खड्काको काँधमा बन्दुक राखी 'पड्काउने' (कुलमान हटाउने) रणनीतिमा छन् ।
मन्त्रिपरिषद्मा लैजाने प्रस्तावका मस्यौदाकार एवं ऊर्जा सचिव सुरेश आचार्य यस सम्बन्धमा सम्पर्कमा आउन चाहेनन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै