शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
जलसरोकार
काठमाडौं: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी भएका छन् । कुलमान घिसिङ गोपीकृष्णहलबाट शवयात्रामा उपस्थित भएका थिए । कुलमानले राष्ट्रिय झण्डा बोकेका थिए ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रा निकालेर अन्तेष्टि गर्ने तयारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएका छन् । शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेको देखिएको छ । कतिपय शवमा ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडा पनि ओढाइएको थियो ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसपछि मृतकका परिवारले अन्तेष्टि गर्ने तयारी गरेका हुन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा