शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
जलसरोकार
काठमाडौं: जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी भएका छन् । कुलमान घिसिङ गोपीकृष्णहलबाट शवयात्रामा उपस्थित भएका थिए । कुलमानले राष्ट्रिय झण्डा बोकेका थिए ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रा निकालेर अन्तेष्टि गर्ने तयारी गरेका छन् । त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिएका छन् । शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेको देखिएको छ । कतिपय शवमा ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडा पनि ओढाइएको थियो ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसपछि मृतकका परिवारले अन्तेष्टि गर्ने तयारी गरेका हुन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्