सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह
जलसरोकार
काठमाडौँ: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
आईतबार उर्जा मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको खर्च समिक्षा बैठकमा मन्त्री खड्काले सम्बोधन गर्दै भने,“हामीले आयोजना प्रमुखको कार्यक्षमता अनुसार खर्च गर्न सकिने बजेट मात्रै माग गर्नुपर्छ । आवश्यकता भन्दा बढी बजेट मागेर खर्च हुन नसकेको अवस्था दोहोरिनु हुँदैन । बजेटको उचित वितरण र समयमै कार्य सम्पन्न गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्छ ।”
उनले मन्त्रालयको कार्यसम्पादनलाई थप नतिजामुखी बनाउने हो भने प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुने धारणा राखे । मन्त्री खड्काले मन्त्रालयभित्र अनावश्यक खर्च रोक्नुपर्ने र “देखिने गरी“ काम गर्नुपर्ने स्पष्ट सन्देश दिए ।“हामीले गर्ने काम जनताले महसुस गर्न सक्नुपर्छ, नतिजा देखिनुपर्छ,” उनको भनाई थियो ।
बैठकमा उर्जा सचिव सुरेश आचार्यले पनि समग्र उर्जा क्षेत्रमा अझ परिणाममुखी र रणनीतिक सोच आवश्यक रहेको औँल्याए । उनले राष्ट्रिय गौरवका बहुउद्देश्यीय आयोजना सोचेजस्तो रूपमा अगाडि नबढेको स्वीकार गर्दै आगामी बजेट तथा कार्यक्रमलाई नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा जोड दिए ।
सचिव आचार्यले भर्खरै सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र (भ्लभचनथ म्भखभयिऊभलत च्यबमmबउ) लाई कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट पर्याप्त नभएको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयत्नशील रहेको जानकारी दिए ।
त्यस्तै, सिंचाई सचिव सरीता दवाडीले पनि स्रोत व्यवस्थापनलाई लचिलो बनाउँदै एउटा आयोजनामा खर्च हुन नसकेको बजेटलाई अर्को प्रभावकारी आयोजनामा सार्न सकिने व्यवस्था गर्नुपर्ने विचार राखिन् । उनले भूमिगत सिंचाईलाई प्राथमिकता दिनुपर्ने बताउँदै भनिन्, “किसानको खेतमा पानी पुगेपछि मात्र सिंचाईको वास्तविक प्रभाव देखिन्छ
।”
उर्जामन्त्री खड्काको भनाइ र सचिवहरूको प्रतिवेदनले देखाउँछ कि सरकार ऊर्जा तथा सिंचाई क्षेत्रको बजेट निर्माणलाई अझ पारदर्शी, व्यावहारिक र समावेशी बनाउने दिशामा अगाडि बढ्दैछ । यसले देशका दुर्गम क्षेत्रसम्म आधारभूत पूर्वाधार पु–याउने र आर्थिक समृद्धिको मार्ग खोल्ने अपेक्षा गर्न सकिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव
-
मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
-
आज देशभर मौसम मुख्यतया सफा
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण