उर्जामन्त्री खड्का भन्छन्- संखुवासभाको भविष्य ऊर्जामा छ


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताएका छन्।
सङ्खुवासभा-काठमाडौं पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले आफ्नो मुख्य प्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताए।
उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गरे। “सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नेछु, म धेरै आशा बाँड्दिन सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”, उनले भने।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गरे। उनले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिए।
सङ्खुवासभा-काठमाडौं जर्नलिष्ट एसोसिएसनका अध्यक्ष शङ्कर खनालले स्रोत साधनले अत्यन्त धनी सङ्खुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके सङ्खुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गरे।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नेपालको अर्थतन्त्रमा सुधारका चम्किला संकेतहरू, चुनौतीहरूलाई सामना गर्दै
-
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
भीषण बाढीले १० भन्दा बढी जलविद्युत आयोजना प्रभावित : इप्पानद्वारा गहिरो दुख व्यक्त, सरकारलाई अविलम्ब कदम चाल्न आग्रह
-
आगामी २४ घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना
-
बुधबार २२ अङ्कले बढ्यो सेयर बजार
-
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक