लाइन काट्ने बित्तिकै पैसा नतिर्ने उद्योगका सामु प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोड्न फरमान जारी गरेका थिए । तर कार्यकारी निर्देशक घिसिङले लिखित निर्णय नआएसम्म लाइन जोड्न नसक्ने अडान लिए ।
त्यसपछि विद्युत् नियमन आयोगमार्फत लाइन जोडाउन निर्देशन दिन लगाइएको थियो । त्यही निर्देशनअनुसार लाइन जोड्ने विषयमा असहमति जनाउँदै पुन र आचार्यले नोट अफ डिसेन्ट लेखेका थिए ।
ऊर्जा मन्त्री खड्कालाई माओवादीको सरकारले नियुक्त गरेका सञ्चालकद्वयलाई हटाउन निहुँ मिलेको थियो । आफ्ना कार्यकर्तालाई सञ्चालक पनि बनाउन पाइने र उद्योगले पैसा तिर्नुपर्छ भन्ने मत सञ्चालक समितिबाट घटाउन पनि पाइने रणनीतिअनुसार गत साउन १५ गते दुबै सञ्चालकलाई स्पष्टीकरण सोधेका थिए ।
उनीहरुले यही साउन १८ गते स्पष्टीकरण दिएका थिए । ऊर्जा मन्त्रीले स्पष्टीकरणको जवाफ ‘सन्तोषजनक र चित्तबुझ्दो’ नदेखिएकाले भन्दै सोही मितिदेखि लागू हुने गरी निर्णय गरेका थिए । पुन र आचार्यको अवधि अझै चार महिना थियो । उनीहरुलाई चार वर्षका लागि नियुक्ती दिइएको थियो ।
एमालेबाट ऊर्जा मन्त्री भएकी राधा ज्ञवालीले पनि खिलराज रेग्मी सरकारको पालामा प्राधिकरणमा नियुक्त पाएका लक्ष्मण अग्रवाल र मनोजकुमार मिश्रलाई यसैगरी हटाएकी थिइन् । सर्वाेच्च अदालतले उनीहरुको पुनः नियुक्तीको अन्तरिम आदेश दिएको थियो । अग्रवाल र मिश्राले पूर्ण अवधि काम गरेका थिए ।
वर्षको अन्तिमका पनि बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?
विद्युतीय दुर्घटनामा ज्यान गुमाउनेलाई १० लाख राहत उपलब्ध गर्ने प्राधिकरणको निर्णय
खानेपानी सञ्चित गर्न निःशुल्क ट्याङ्की
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ४० प्रतिशत मात्रै विद्युत् उत्पादन
के पहाडी मूलका नेपालीहरु भारतविरोधी भएकै हुन् त ?
माथिल्लो तमोर (२८५ मेगावाट) ले भित्र्यायो विश्वकै ठूलो इलेक्ट्रो मेकानिकल कम्पनी